काठमाडौं । भदौ २२ मा चलचित्र ‘सुश्री सम्पत्ति’ रिलिज हुने भनिएको थियो । अब भने यो चलचित्र मंसीर २८ गते रिलिज हुने भएको छ ।
निर्माण टिमले यसअघि गीत रिलिज गर्दै भदौ २२ मा चलचित्रको रिलिज डेट घोषणा गरेको थियो । अहिले आएर रिलिज मिति सारिएको छ ।
रिलिज मिति सर्नुको कारण प्राविधिक काम बाँकी रहेको बताइएको छ । तर खबर के पनि आएको छ भने यही मितिमा दुई फिल्म ‘रोजी’ र ‘रामकहानी’ पनि रिलिज हुने भएपछि ‘सुश्री सम्पत्ति’ को रिलिज मिति सारिएको हो ।
चलचित्रमा सलोन बस्नेत, विनोद न्यौपाने र सारा श्रीपालीको मुख्य भूमिका रहनेछ । सुव्रतराज आचार्यले फिल्मको लेखन तथा निर्देशन रहने फिल्ममा प्रियंका कार्कीको विशेष भूमिका रहने भनिएको छ ।
यो चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ भने प्रमोद अग्रहरी, विशारद बस्नेत, सुनिता श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया