बैतडी । प्रदेश नं. ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ ।
सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको २४औँ वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् ।
प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्दा उपयुक्त उनले सुझाव दिएका थिए ।
प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
साउन २१ गतेभित्र प्रदेश ७ को नाम र स्थायी राजधानीको लागि सुझाव दिन समितिले म्याद दिएको थियो । सुझाव सङ्कलनका लागि समितिले एक साताको म्याद थप गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया