काठमाडौं । राजधानीको प्याफलमा झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको आरोपमा ६४ वर्षीय कृष्णप्रसाद नेपाल ‘झाँकी बा’ लाई प्रहरीले पक्राउ गरेका छन् ।
प्याफलमा लामो समयदेखि झारफुक गर्दै आएका झाँक्री बाले ३० वर्षीय युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरोपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल २०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका थिए । उनले गिता श्रेष्ठ (नाम परिवर्तन)लाई ‘रोग निको पार्ने’ नाममा ६ पटकसम्म बलात्कार गरेको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो ।
‘जबर्जस्ती करणीको जाहेरी परेपछि झारफुक पेसा गर्दै आएका कृष्णप्रसादलाई हामीले पक्राउ गरेका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) मोहन थापाले भने ।
यसबारे थप अनुसन्धान भइरहेका डिएसपी थापाले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया