रियल म्याड्रिडले जित्यो बर्नबेउ ट्रफीको उपाधि

स्पेन। स्पेनिस क्लब रियल म्याड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफीको उपाधि जितेको छ । 

स्पेनिस ला लिगा शुरु हुनुअघि रियल म्याड्रिडले आफ्नै मैदानमा इटालियन क्लब एसी मिलानलाई ३—१ गोलले पराजित गर्दै उपाधि आफ्ना पक्षमा पारेको हो । 

रियलको जीतमा करिम बेन्जामा, ग्यारेथ बेल र बोर्जा मोयोरलले समान एक—एक गोल गरेका थिए । यता, एसी मिलानका गोन्जालो हिगुईनले एक गोल फर्काए । खेल शुरु भएको दुई मिनेट पनि बित्न नपाउँदै करिम बेन्जामाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

बेन्जामाले गोल गरेको दुई मिनेटमा नै एसी मिलानले बराबरी गोल फर्कायो । 

चौथो मिनेटमा यसै सिजन युभेन्टस्बाट एसी मिलान पुगेका अर्जेन्टिनाका गोन्जालो हिगुईनले बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा ग्यारेथ बेले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको इन्जुरी समयमा बोर्जा मोयोराले गोल गर्दै क्लबलाई ३–१ को जित दिलाए । ‘बर्नबेउ ट्रफी जितेसँगै रियलले प्रि–सिजनको सुखद अन्त्य गरेको छ ।

स्पेनिस ला लिगा आउँदो १८ अगस्टबाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?