दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । गत साता  ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १ सय ६३.९४ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २ सय ४५.७० बिन्दुमा ओर्लेको छ । 

स्टकका अनुसार आज कूल १सय ६२ कम्पनीको सात लाख ८१ हजार ५ सय ६० कित्ता शेयर  २५ करोड दुई लाख २६ हजार ४ सय ९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २.११ र होटल उपसमूह ६.७३ बिन्दुले बढेको छ । 

यस्तै बैंकिङ ११.८७, विकास बैंक १३.२२,जलविद्युत् २१.१९, वित्त ३.५९, निर्जीवन बीमा १सय ५.७४, उत्पादन ६३.५८, अन्य ४.७२,माइक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १ सय ९३.३७ बिन्दुले ओरालो लागेको छ । 

स्टकका अनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले आइतवार कमाए भने मल्टिपर्पस फिनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?