काठमाडौं : स्पेनिश सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ ।
अार्इतबार राती भएको खेलमा बार्साका गोलरक्षक मार्क एन्ड्रे स्टेगेनले सेभिल्लाका डेयरले हानेको पेनाल्टी रोकेपछि २-१ गोलअन्तरले विजयी भएको हो ।
खेल शुरू भएको ९ मिनेटमै पाब्लो साराबियाको गोलबाट अग्रता लिएको सेभिल्लाले यसलार्इ कायम राख्न सकेन ।
पहिलो हाफको अन्तिम समयतिर बार्साका डिफेन्डर जेर्राड पिकेले सेभिल्लाको पोस्टमा गोल फर्काए । यस्तै, ७८ अाैं मिनेटमा डेम्बेलेले अर्को गोल थपे ।
बार्साका टेर स्टेगनले एलेक्स भिडाललार्इ फाउल गरेपछि पेनाल्टी पाएको सेभिल्लाले यसलार्इ गोलमा परिणत गर्न सकेन ।
गोलरक्षक स्टेगेनले प्रहार रोकिदिएपछि बार्सिलोनाले सुपर कपको उपाधि उचालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया