नेपाल टेलिकमले ४५ अर्ब ५६ करोड रूपैयाँ अाम्दानी ग-यो

काठमाडौं : नेपाल टेलिकम (एनटीसी) ले गत अार्थिक बर्ष २०७४/७५ भित्र ४५ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ अाम्दानी गरेको छ । 

अाम्दानीमध्ये १५ अर्ब ६६ करोड ७५ लाख नाफा भएको टेलिकमले जानकारी दिएको छ । कम्पनीले अघिल्लो अार्थिक बर्षको तुलनामा गएको अार्थिक बर्षमा २.१९% बढि अाम्दानी गरेको छ । 

अघिल्लो अार्थिक बर्षको तुलनामा गएको अार्थिक बर्षमा टेलिकमको मुनाफा १.९२% ले बृद्दि भएको छ । 

हाल नेपाल टेलिकमको प्रतिशेयर अाम्दानी अघिल्लो अार्थिक बर्षको तुलनामा १ रूपैयाँ ९६ पैसाले बृद्दि भएको छ । यसहिसाबले प्रतिशेयर अाम्दानी १०४ रूपैयाँ ४५ पैसा पुगेको छ । 

हाल टेलिकमले देशभर करिब १ लाख ९० हजार टेलिफोन लार्इनलार्इ नयाँ प्रविधीमा रूपान्तरण गरेको जनाएको छ । साथै, ल्याण्डलार्इन सेवालार्इ गुणस्तरीय बनाउन पुराना उपकरणहरू विस्थापित गरि 'टीडीएस मार्इग्रेशन अायोजना' अन्तर्गत अाधुनिक प्रविधीमा अाधारित अार्इएमएस उपकरण जडान शुरू गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?