काठमाडौं : महत्वपूर्ण र ठूला चाडपर्व शुरू भएसँगै नेपाली बजारमा सुनको अत्याधिक माग हुन थालेको छ ।
दैनिक १५ देखि २० किलोग्राम सुन अापूर्ति हुने गरेकोमा अहिले एकैदिनमा ४० किलोभन्दा बढि सुन र यसका गरगहनाको माग हुन थालेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।
हाल नेपाल राष्ट्र बैंकले नेपालभरका लागि दैनिक २० किलो सुन बजारमा पठाउने गरेको छ । तर, मागअनुसार बजारमा पठार्इएको सुन पर्याप्त नहुँदा कारोबार नै प्रभावित भएको व्यवसायीहरूले गुनासो गरिरहेका छन् ।
नेपाली बजारमा अहिले कूल मागको झन्डै २० प्रतिशत सुन अभाव देखिएको छ । नयाँ सुन नपाउँदा २५ प्रतिशत ग्राहकले पुरानै सुन गालेर नयाँ गहना बनार्इरहेका छन् ।
चाडपर्व र विवाहको सिजन नभएका बेला दैनिक २० किलो सुनले बजारको माग जसोतसो धानेपनि चाडबाड र विवाह गर्न मिल्ने महिनाहरूमा गहना व्यवसायी र ग्राहकले सास्ती खेप्ने गरेका छन् ।
सुनचाँदी व्यवसायीले बजारमा दैनिक हुने माग र अापूर्तिबीच सन्तुलन मिलाएर बजारमा सुन पठाउन नेपाल राष्ट्र बैंकलार्इ अनुरोध गरिरहेका छन् । तर, केन्द्रीय बैंकले हालसम्म यसबारे निर्णय गरेको छैन ।
अहिले नेपाली बजारमा प्रतितोला सुनको मूल्य ५६ हजार २ सय रूपैयाँ कायम भएको छ । बैशाख महिनामा ५९ हजार २ सय रूपैयाँ पुगेको सुनको भाउ साउनको अन्त्यतिर ३ हजार २ सय रूपैयाँले घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया