प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

लोकपथ
42
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यावसायिक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन् ।

संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताए ।

पुनर्संरचना गर्दै छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तामिल कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए ।

प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्साङ्कन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताए । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?