दुनियाँमा जता हेर्यो ट्रम्पै ट्रम्प

एजेन्सी : अन्तरराष्ट्रिय राजनीतिक र आर्थिक क्षेत्रको मञ्चममा जता हेर्यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै गतिविधि देखापर्न थालेको छ ।

विश्वका अन्य नेताहरूलाई केही गर्नुपर्ने आवश्यकता देखिएको छ्रैन् । हरेक विहान ट्रम्पले गर्ने ट्विटको प्रतिक्रिया दिँदै नीति बनाउनुपर्ने काम मात्रै अन्य नेताको रहेको देखिएको छ ।

राजनेता मात्रै होइन अलकायादा देखि इश्लामिक स्टेटजस्ता सशस्त्र समूहका नेताहरू होइन सबैका लागि ट्रम्पको ट्विट त्यसै गरी प्रभावशाली बन्न गएको देखिन्छ ।

आतंकवादसँग जुध्न इराक अफगानिस्तान, लिबिया र सिरिया संकटमा फसिसेका छन् ।

त्यसपछि डोनाल्ड टम्पाय नमः या गच्छ या तिष्ठत भनेर अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पलाई ल्याइएको देखिएको छ ।

ट्रम्पले कुन बेला के निर्णय गर्ने र त्यसको घोषणा ट्विटमार्फत गर्ने हो त्यसको तत्काल जानकारीका लागि हरेक देशका नेता आफ्नो मोबाइल फोन चौबीसै घन्टा अन नै राखेका हुन्छन् ।

ट्विटमा ट्रम्पले कुनै नेतालाई धम्की दिन्छन् कसैलाई गालीगर्छन् भने कसैको मजाक उडाउँछन् ।

रूस र अमेरिका, चीन र अमेरिका , अरब र अमेरिका, इरान र अमेरिकाबीच तँ तँ म मको स्थिति त पहिले देखि थियो ।

तर अमेरिका र युरोपेली संघबीच यस्तो स्थिति आउने कसैले अपेक्षा गरेको थियो र? 

तर युरोपियन युनियनलाई अमेरिकी धनमा पालिने भातमारा भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले स्वतन्त्र व्यापारको नीतिलाई लत्याएर युरोप र टर्कीमा उत्पादित स्टिल आयातमा दोब्बर भन्सार महशुल लगाइ दिए ।

अमेरिका पक्ष भएका सबै अन्तर्राष्ट्रिय सन्धी सम्झौतालाई लत्याउँदै ट्रम्प नेतृत्वको अमेरिका एकल ढंगबाट अघि बढिरहेको छ ।

अमेरिकाले मेक्सिको सीमामा पर्खाल बनाउने र क्यानाडासँग दुश्मनी मोल्दै अघि बढिरहेको छ ।

दक्षिण एसियाकै अवस्था हेर्दा पाकिस्तान  र रूसको संयुक्त सैनिक अभ्यास अरब सागर हुने , रूसी कमान्डोले पाकिस्तानमा आएर प्रशिक्षण दिने र रूसी जनरल वजिरिस्तानको भ्रमण गर्ने , पाकिस्तानी सेना रूसी हतियार किन्ने र पाकिस्तानी सेनाका अधिकारी रूसी सैनिक कलेजमा गएर सैन्य प्रवचन सुन्ने दिन आउला भनेर कसले सोचेको थियो र ?

निसन्देह यो ट्रम्पको आगमनले निम्त्याएको अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य हो ।

जहाँ हेर्यो त्यहाँ ट्रम्पै ट्रम्प देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?