आगामी आर्थिक वर्षको बजेट सार्वजनिक (पूर्णपाठ)

लोकपथ
112
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको भन्दा एक खर्ब बढीले बजेटको आकार बढेको छ । आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।

जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।

सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?