इंग्लिस प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी विजयी ‘तस्वीर सहित’

इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले विजयी शुरुवात गरेको छ । 

आइतवारराति सम्पन्न भएको लिगको पहिलो खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको १४ औं मिनेटमा रहिम स्टलिंगले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडी रहेको सिटीका लागि ६४ औं मिनेटमा बनाण्डो सिल्भाले गोल गरे ।

निर्धारित समयसम्म आर्सनलले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २-० ले  हार्‍यो । जितपछि सिटीले ३ अंक जोडेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?