‘आमिर खान भारतको जेम्स क्यामरुन’

लोकपथ
161
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय केबल भारतमा होइन सारा विश्वमा छ । आमिर चीनमा पनि ‘सुपरस्टार’ छन् । उनको सन् २०१६ को फिल्म ‘दंगल’ र सन् २०१७ को ‘सेक्रेट सुपरस्टार’ले चीनमा ब्लकबस्टर व्यापार गरेको थियो ।

‘दंगल’ले चिनियाँ बक्सअफिसमा झण्डै हजार करोड बढीको व्यापार गरेको थियो । पश्चिमा मुलुकमा उनको लोकप्रियता उत्तिकै छ । धेरै हलिउड स्टारले उनको फिल्म हेरिसकेका छन् ।

हलिउड अभिनेता टम हेङ्क पनि आमिरका फ्यान हुन् । सन् २०१४–२०१५ ताका आमिरले जर्मनीमा टमलाई भेटेका थिए । आमिरका अनुसार उनी हलिउडका लोकप्रिय अभिनेता स्टिभन स्पिलबर्गलाई भेट्न जर्मनी पुगेका थिए । उनी स्टेभनमार्फत ‘फरेष्ट गम्प’का निर्देशक रोबर्ट जेमेकिसलाई भेट्न त्यहाँ गएका थिए । आमिर ‘फरेष्ट गम्प’को हिन्दी रिमेक बनाउन चाहन्थे । तर, रोबर्टले आमिरको प्रस्तावलाई अस्वीकार गरे ।

रोबर्टले आफ्नो कुरा नसुनेपछि आमिरले स्टेभनलाई पुनः भेटे । त्यो समयमा स्टेभन ‘ब्रिज अफ स्पाइज’को सुटिङ गरिरहेका थिए । जुन फिल्ममा टम प्रमुख अभिनेता थिए । स्पिलवर्गको रोबर्टसँग राम्रो सम्बन्ध भएको थाहा पाएपछि आमिरले ‘फरेस्ट गम्प’को लागि स्टिभनले रोबर्टलाई ‘कन्भिन्स’ गर्न सक्नेमा ढुक्क भए ।

त्यसपछि आमिर ‘ब्रिज अफ स्पाइज’को सुटिङ सेटमा पुगे, जहाँ उनको भेट स्टेभनसँगै टमसँग पनि भयो । जहाँ स्टेभनले टमलाई ‘आमिर भारतको जेम्स क्यामरुन’ भनी चिनाएका थिए । हलिउडमा जेम्सले आफ्नो बक्सअफिसको रेकर्ड तोडेजस्तै आमिरले पनि भारतमा आफ्नो रेकर्ड तोड्ने गरेको पनि स्टेभनले व्याख्या गरेका थिए । यही कुराकानीमा टमले आफूले आमिरलाई चिन्ने गरेको बताएका थिए । उनले आमिरको फिल्म ‘थ्री इडियट्स’ तीन पटक भन्दा बढी हेरेको खुलाएका थिए ।

त्यसपछि आमिरले स्टिभनसँग रोबर्टलाई भेट्न चाहेको कारण खुलाए । स्टेभनले रोबर्ट र आफ्नो सम्बन्ध बाबु छोराको जस्तै भएको बताइरहँदा आमिरले आफूलाई रोबर्टले भेट्न अस्वीकार गरिरहेको सुनाए । निरन्तर प्रयास पछि आमिर फिल्मको हिन्दी रिमेक अधिकार लिन सफल भए । त्यही नामलाई उनले हिन्दी भर्सनमा ‘लाल सिंह चड्डा’ बनाएका छन् । सन् २०२२ को प्रतिक्षित यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?