तपाईंलाई थाहा छ? किन तपाईंको पर्स खाली भइरहन्छ?

के तपाईंलाई थाहा छ? तपाईंको पर्स किन खाली हुन्छ? किन पैसा टिक्दैन? एउटा कारण त के पनि हुनसक्छ भने तपाईको योग नै त्यस्तै परेको छ ।

गह्र दशाका कारणले पैसा नबच्ने, उल्टो ऋण लाग्ने हुनसक्छ । तर, यसको केही उपाय पनि छन् ।

वास्तुका अनुसार पर्समा पुरानो बिल या कागज छ भने यसले राहुको दशा बिगारिदिने गर्छ । पर्समा केवल पैसा मात्रै राख्नुपर्छ । नचाहिने कुरा राख्यो भने आर्थिक नोक्सान हुन थाल्छ ।

त्यस्तै फाटेको पर्स पनि राशीका अनुसार ठूलो दुष्मन हो । यदि तपाईंको पर्स फाटेको छ भने तत्कालै बदल्नुस् । यसले पनि पर्समा पैसा टिक्न साथ दिने विश्वास गरिन्छ ।

यस्तै गरी पर्समा कहिल्यै पनि खाने कुरा राख्नु हुँदैन । गुट्का, सुपारी आदि राख्दा पर्सको धन टिक्दैन ।

वास्तुका अनुसार मान्छेले आफ्नो पर्समा औषधि पनि राख्नुहुँदैन । यसरी औषधि राख्दा नकारात्मक असर पर्न सक्छ । र, धन पनि उल्टो दबाइमै खर्च हुन थाल्छ ।

यस्तै पर्समा ब्लेड या चक्कु पनि राख्नु हुँदैन भनेर भनिन्छ । यसले आर्थिक दोष बढाउने काम गर्छन् । बरु तपाईंले पर्समा सुन चाँदी चाहिँ राख्न सक्नुहुन्छ, त्यो शुभ हुन्छ ।

बरु पर्समा देवी देउताका तस्वीर राख्दा तपाईंलाई सकारात्मक उर्जा मिल्ने वास्तु शास्त्र बताउँछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?