बजेटले जित्न सकेन लगानीकर्ताको मन, सेयर बजारमा भारी गिरावट

लोकपथ
77
Shares

काठमाडौं । बजेटले सेयर बजारलाई नकारात्मक प्रभाव पारेको छ । सरकारले आइतबार मात्रै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । लगानीकर्ताहरु बजेटलाई कुरिरहेका थिए । तर बजेट अपेक्षित नआएसँगै सेयर बजारमा भारी गिरावट आएको छ ।

लामो समयदेखि बजेटको प्रतिक्षामा रहेका लगानीकर्ताको मनोबल बजेट सार्वजनिक भएपछि खस्किएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २१७३ बिन्दुमा झरेको छ । आज नेप्से २.२६ प्रतिशतले घटेको छ भने १३ वटै सूचक नकारात्मक बनेको छ ।

सोमबार नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ अंकले घटेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक
सेन्सेटिभ परिसूचक १०.३३ अंकले घटेर ४२२.७४ बिन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर खरिदबिक्री एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।

बजारमा भारी गिरावट आए पनि बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्तको सेयरमूल्य पनि ८.२३ प्रतिशतले बढेको छ । यस दिन जम्मा ५ कम्पनीको मात्र सेयरमूल्य बढेको छ । १८७ कम्पनीको सेयरमूल्य भने घटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेसन मल्टीपर्पज फाइनान्स, युनाइटेड इदी मर्दी,रुरु जलविद्युत कम्पनी लगायत कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?