आइसीसी ‘ओडीआई’को वरियतामा पहिलो पटक सन्दिप, सोमपाल र ज्ञानेन्द्र

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसी’ले सार्वजनिक गरेको नयाँ एक दिवसीय वरियतामा नेपालका तीन खेलाडी परेका छन् । 

सार्वजनिक भएको वरियतामा नेपालका बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन्।

दुई ‘ओडिआई’ मा  ४ विकेट लिएका सन्दिप बलिङ वरियताको २ सय १७औं स्थानमा परेका हुन् । यता, समान दुई खेलबाट एक अर्धशतकसहित ६१ रन बनाएका सोमपाल कामी २ सय २९ औं स्थानमा छन् । 

समान २ खेलबाट एक अर्धशतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २ सय ३६ औं स्थानमा पर्न सफल भएका छन् । 

नेदरल्याण्ड्ससँगको दुई ‘ओडीआई’का  आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको ‘आईसीसी’ले जनाएको छ ।
यसअघि ‘आइसिसि’ले सार्वजनिक गरेको टी—२० वरियतामा  ब्याटिङतर्फ नेपालका पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए।

नयाँ वरियतामा भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत छन् । त्यस्तै भारतकै जरप्रित बुम्राह बलिङतर्फ शीर्ष स्थानमा रहँदा बंगलादेशी क्रिकेटर सकिव अल हसन तेस्रो स्थानमा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?