बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

लोकपथ
84
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी वर्षको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रमले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । बागमती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गरिने पनि उनले बताएका छन् ।

नीति तथा कार्यक्रमका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिदलाई विशेष प्राथमिकता दिइने छ ।

यस्तै, प्रदेशका प्रमुख शहरहरूमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?