भक्तपुर : सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको २ वटा बमलार्इ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अाज देशव्यापी बन्द अाब्हान गरेकाले सोही पार्टीका कार्यकर्ताले बम राखेको हुनसक्ने प्रहरीले अाशंका गरेको छ ।
सूर्यविनायक नगरपालिकाको ६ नम्बर वडास्थित अादर्श बसपार्क र मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ स्थित लोकन्थलीमा अाज बिहानै झोलामा राखिएका दुर्इ वटा प्रेशर कुकर बम भेटिएको थियो ।
बन्दको प्रभाव न्यून गर्न तथा सम्भावित विस्फोटका घटना हुन नदिन प्रहरीलार्इ गस्ती र सादा पोषाकमा परिचालन गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया