अमेरिकी डलरको तुलनामा भारु अहिलेसम्मकै कमजोर अवस्थामा

एजेन्सी : भारतीय मुद्रा भारतीय रुपिया(भारु) अहिलेसम्मकै कमजोर अवस्थामा झरेको छ ।

सोमबार मुद्रा विनियम बन्द हुने बेलासम्म १ अमेरिकी डलर बराबर भारु ६९.९३ रहेको थियो ।

भारुको यो अवस्था डलरको तुलनामा अहिलेसम्मकै न्यूनतस्तरमा रहेको छ । डलरको तुलनामा टर्कीको मुद्रा लिरा पनि कमजोर अवस्थामा पुगेकोले यी दुबै मुद्रा विनिमयको स्तरलाई एक अर्कासँग जोडेर हेर्ने गरिएको छ ।

तर अर्थशास्त्रीहरूले भारतका लागि यो चिन्ताको विषय नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?