यस्ता छन् विश्वका उत्कृष्ट बसोबासयोग्य सहर

काठमाडाैं : र्इकोनोमिक र्इन्टिलिजेन्स युनिटले विश्वका उत्कृष्ट बस्नलायक सहरको सूची प्रकाशित गरेको छ ।

यो सूचीअनुसार अष्ट्रियाको राजधानी भियना संसारकै उत्कृष्ट बस्नलायक सहर घोषित भएको छ । अष्ट्रेलियाको मेलबर्न बस्न लायक उत्कृष्ट शहरको सूचीमा दोस्रो स्थानमा परेको छ । 

यसैगरि, क्रमश : जापानको अोशाका, क्यानडाको कालगेरी, अस्ट्रेलियाकै सिडनी, क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो, जापानको टोकियो, डेनमार्कको कोपनहेगन र अस्ट्रेलियाको एडिलेड शहरलार्इ बस्नका लागि उत्कृष्ट स्थानको सूचीकरणमा राखिएको छ । 

द्वन्द्वग्रस्त सिरियाको दमास्कसलार्इ विश्वमै खराब बस्नलायक सहर घोषित गरिएको छ । एसियाका बंगलादेशको ढाका र पाकिस्तानको कराँची पनि बस्न लायक शहरको पुछारतिर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?