बेलायतमा विशेष आवास योजना ल्याउँदै सरकार

एजेन्सी : बेलायती सरकारले घर बहालमा बस्नेहरूलाई बढी सहयोग पुग्ने गरी विशेष आवास योजना ल्याउन लागेको छ ।

सरकारको यो योजनालाई   इंग्ल्यान्डको विशेष आवास योजनासँग जोड्ेर हेरिएको छ ।जग्गा मालिकहरूको भूमिकालाई विशेष महत्व दिएर यसलाई तीव्रगतिका मापदण्ड अपनाइएको छ ।

सरकारको ग्रीन पेपरको एक अंशको रूपमा यो प्रस्तावलाई लिइएको छ ।

बेलायतको लेबर पार्टीले यो प्रस्तावलाई दुखदायी भनेर टिप्पणी गरेको छ । लेबर पार्टीले यो आवास प्रस्तावले आवास समस्यालाई समाधान गर्न नसक्ने जनायो ।

इंग्ल्यान्डका गल्लीहरूमा सुत्नेहरूको समस्या समाधान गर्न १० करोड पाउन्डस्टर्लिंग बराबरको योजना सार्वजनिक भएपछि सरकारले यो नयाँ प्रस्ताव घोषणा गरेको हो ।

गत वर्ष सेप्टेम्बरमा साजिद जाविदले सरकारले यो समस्याको समाधान छिट्टै गर्ने जनाएका छ । त्यतिखेर ग्रेनफेलमा आगलागी हुँदा ७२ जनाको ज्यान गएको थियो ।

सरकारको यो आवास प्रस्तावका आलोचकहरूले यसबाट कम आय भएका मानिसहरूका लागि धेरै घर उपलब्ध गर्ने प्रतिबद्धता व्यक्त नभएको जनाएका छन् ।

तर सरकार पक्षले भने यसबाट बहालमा बस्नेहरूलाई सम्पत्तिको स्वामित्व ग्रहण गर्न सजिलो हुने दाबी गरेका छन् ।

सरकारको साझेदारी स्वामित्व योजना अन्गर्तत हरेक वर्ष सम्पत्तिको १ प्रतिशत तिरेर आवास खरिद गर्न पाउने जनाइएको छ ।

आवास मन्त्री जेम्स ब्रोकनशायरले यो अवसर देशभरका आवास क्षेत्रका लागि महत्वपूर्ण भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?