काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेपाली सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३५ दशमलव ५३ अंकले घटेर २१३७ दशमलव ९२ बिन्दुमा झरेको छ ।
यता,ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७ दशमलव ११ अंकले घटेर ४१५ दशमलव ६३ अंकमा ओर्लिएको छ ।
मंगलबार २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन म्युचुअल फण्डबाहेक सबै सूचक राताम्य बनेको छ । आज १५ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १७५ कम्पनीको सेयरमूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया