अमेरिकी डलर १ बराबर भारु ७०को सीमा नाघ्यो

एजेन्सी : मंगलबार भारु डलर भन्दा थप कमजोर हुन पुगेको छ ।

मंगलबार १ अमेरिकी डलर बराबर भारु ७०.०८मा शुरूवाती कारोबार भएको छ ।

यसअघि  सोमबारको कारोबार बन्द हुँदा त्यतिबेलासम्मकै कमजोर अवस्थामा भारु खस्किएको थियो । 

सोमबार मुद्रा विनियम बन्द हुने बेलासम्म १ अमेरिकी डलर बराबर भारु ६९.९३ रहेको थियो ।

भारुको यो अवस्था डलरको तुलनामा अहिलेसम्मकै न्यूनतस्तरमा रहेको छ ।

डलरको तुलनामा टर्कीको मुद्रा लिरा पनि कमजोर अवस्थामा पुगेकोले यी दुबै मुद्रा विनिमयको स्तरलाई एक अर्कासँग जोडेर हेर्ने गरिएको छ ।

तर अर्थशास्त्रीहरूले भारतका लागि यो चिन्ताको विषय नभएको बताएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?