मिडफिल्डर डेभिड सिल्भाले लिए अन्तर्राष्टिय फुटबलबाट सन्यास

स्पेन । स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्टिय फुटबलबाट सन्यास लिएका छन् । 

३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्टिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर  सिल्भाले अन्तर्राष्टिय खेल जिबनबाट सन्यास लिदा निक्कै दुःख लागेका बताए । 

‘कुनै पनि खेलाडीको लागि यो समय एकदमै पिडादायी हुन्छ । मलाई पनि यस्तै भएको छ । मेरो लागि सन्यास लिने सहि समय यहि हो । मलाई स्पेनी टिमबाट खेल्दा सधै गौरव महसुस हुन्छ । मैले त्यहाँ आफ्नो उत्कृष्ठ समय बताएको छु,’ उनले भने । 

अर्का स्पेनी डिफेन्डर जेरार्ड पिकेले सन्यास घोषणा गरेको एक दिन पछि नै सिल्भाले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन । 

सन् २००६ नोभेम्बर १५ मा रोमानियाविरुद्धको खेलबाट सिल्भाले स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट १ सय २४ खेल खेल्दै ३५ गोल गरेका छन् ।

स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?