इरानद्वारा एसियाली देशलाई सस्तोमा तेल र ग्यास दिन प्रस्ताव

एजेन्सी : अमेरिकी नाकाबन्दीको अवस्थाबाट मुक्ति पाउने उपाय खोजिरहेको इरानले एसियाली देशलाई तेल र ग्यास सस्तो दरमा बेचिरहेको छ ।

इरानको तेल मन्त्रालयलले सस्तो दरको तेल बिक्री बारे कुनै जानकारी गराएको छैन् ।

तेलको विश्वव्यापी बजारमा छुट दरमा तेल बेच्ने गरेको पाइएको इरानी स्रोतले जनाएको छ ।

सेप्टेम्बरको तेल बिक्रीका लागि इरानको सरकारी तेल कम्पनीले औपचारिक मूल्य १४ वर्ष यताकै न्यूनतम मूल्यमा झारिरहेको ब्लुमबर्गले जनाएको छ ।

अमेरिकाले इरानको तेलालाई अन्तर्राष्ट्रिय बजारमा नोभेम्बर ५बाट जान नदिने गरी प्रतिबन्ध लगाउन खोजिरहेको छ ।

त्यस अगावै इरानले एसियाली देशलाई तेलको आपूर्ति सस्तो दरमा गर्ने योजना बनाएको हो ।

इरानी तेलका महत्पुर्ण एसियाली खरिदकर्ताहरूमा चीन र भारत रहेका छन् ।

यी दुईले इरानको आधा जति तेल खरिद गर्ने गरेको छ ।चीन र भारतले इरानबाट ऊर्जा खरिदमा कटौती गर्ने चाहना व्यक्त गरिरहेको छ्रैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?