काठमाडौं । बीमा समितिको आयोजनामा मंगलबार समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बीमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरुका परिपालन अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
निर्देशक लालले बीमा कम्पनीहरुका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्यापटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख गर्दे तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि कारवाही हुने बताए ।
उनले बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया