काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’को विवाद समाधान हुने भएपनि 'क्यान' फुकुवा हुन भने अझै ६ महिना लाग्ने भएको छ ।
‘आइसीसी’ले बनाएको मनिटरिङ कमिटीको सोमवार बसेको बैठक सकारात्मक भएको बताइएको छ । तर, 'क्यान' निलम्वन फुकुवा हुन भने अझै समय लाग्ने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसी’ले बनाएको ५ सदस्यीय मनिटरिङ कमिटीको बैठकपछि नेपाली क्रिकेट विवादलाई अन्तिम रुप दिन सबै सकरात्मक भएको कमिटीकास दस्यल एल बी क्षेत्रीले बताए ।
साथै, उनले 'क्यान' विवादलाई चाडै टुङग्याउन आइसीसीले आग्रह गरेको समेत जानकारी दिए ।
‘यहि १५ दिन भित्र यसअघि भएको जिल्ला निर्वाचनको प्रकिया बुझन लेगल एडभाइजरलाई भनेका छौ । त्यसपछि अन्य प्रकिया अघि बढ्नेछ,’ उनले भने ।
उनले 'क्यान' आइसीसीको निलम्वनमा परेपछि नेपाली क्रिकेटले धेरै रिसोर्सहरु गुमाएको पनि बताए । अबको ६ महिनाभित्रमा क्यान निलम्वनमा फुकुवा हुने पनि उनले जानकारी दिए ।
क्षेत्रीले 'क्यान' फुकुवा हुनका लागि निर्वाचित 'क्यान'ले अदालतमा रहेको मुद्धा फिर्ता लिनुपर्ने तथा खेलकुद परिषदले बनाएको तदर्थ समिति पनि खारेज गर्नुपर्ने बताए ।
आइसीसीले बनाएको मोनिटरिङ कमिटीमा राष्ट्रिय खेलकुद परिषद र निर्वाचित क्यानका १—१ र आइसीसीका तीनजना प्रतिनिधि छन् । खेलकुद परिषदबाट एलबी क्षेत्री, निलम्बित क्यानबाट ठाकुर प्रताप थापा र आइसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी रहेका छन् ।
निर्वाचित 'क्यान'ले आइसीसीको म्याण्डेटअनुसार संशोधित विधान पारित गरेपछि बाँकी विवाद समाधानका लागि आइसीसीले मनिटरिङ कमिटी गठन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया