कन्सर्टमा केकेले भनेका थिए -‘मेरो स्वास्थ्य ठीक छैन, स्पटलाइट बन्द गर्नुहोस्’

लोकपथ
1.2k
Shares

काठमाडौं । मंगलबार यस्तो खबर आयो, जसले बलिउड इन्डस्ट्रीका मानिसको आँखा मात्र रसाएको छैन, सिंगो भारत र विश्वका अन्य देशमा रहेका धेरै मानिसहरुलाई स्तब्ध बनायो ।

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ केकेले यस संसारबाट बिदा लिए । यो खबरले आज धेरै मानिसहरूको हृदय तोडिएको छ । लाइभ कन्सर्टमा ‘हम रहे या न रहें कल’ गीत गाउँदै गर्दा यी गायकले साँच्चै यो संसार छाड्छन् भन्ने कसैले सोचेका थिएनन् ।

गायक ​​केकेको कोलकाताको गुरुदास कलेजको फेस्टमा प्रस्तुति दिने क्रममा अचानक स्वास्थ्य बिग्रियो । दर्शकलाई मनोरञ्जन दिँदै गायक बारम्बार आफ्ना सहकर्मीहरूलाई आफ्नो स्वास्थ्यको बारेमा बताइरहेका थिए।

जब धेरै समस्या भयो, उनले निर्माताहरूलाई स्पटलाइट बन्द गर्न भने। साढे आठ बजे लाइभ कन्सर्ट सकेर केके होटल फर्के । तर, यहाँ पनि उनलाई आराम मिलेन र उनी अचानक ढले । त्यसपछि करिब १०ः३० बजे उनलाई कलकत्ता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई) लगियो, जहाँ उनलाई मृत घोषित गरियो। सो क्रममा अस्पतालका वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी र प्रहरी वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?