काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ केकेले यस संसारबाट बिदा लिएको खबरले हरकोही मर्माहित भएका छन् । लाइभ कन्सर्टमा ‘हम रहे या न रहें कल’ गीत गाउँदै गर्दा यी गायकले साँच्चै यो संसार छाड्छन् भन्ने कसैले सोचेका थिएनन् ।
गायक केकेको कोलकाताको गुरुदास कलेजको फेस्टमा प्रस्तुति दिने क्रममा अचानक स्वास्थ्य बिग्रियो । दर्शकलाई मनोरञ्जन दिँदै गायक बारम्बार आफ्ना सहकर्मीहरूलाई आफ्नो स्वास्थ्यको बारेमा बताइरहेका थिए।
जब धेरै समस्या भयो, उनले निर्माताहरूलाई स्पटलाइट बन्द गर्न भनेका थिए ।
हेर्नुहोस् भिडियो :
#WATCH | Singer KK died hours after a concert in Kolkata on May 31st. The auditorium shares visuals of the event held some hours ago. KK was known for songs like 'Pal' and 'Yaaron'. He was brought dead to the CMRI, the hospital told.
Video source: Najrul Manch FB page pic.twitter.com/YiG64Cs9nP
— ANI (@ANI) May 31, 2022
स्पटलाइट बन्द गर्न भनेपछि उनी साढे आठ बजे लाइभ कन्सर्ट सकेर केके होटल फर्कीएका थिए । तर, यहाँ पनि उनलाई आराम मिलेन र उनी अचानक ढले ।
त्यसपछि करिब १०ः३० बजे उनलाई कलकत्ता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई) लगियो, जहाँ उनलाई मृत घोषित गरियो। सो क्रममा अस्पतालका वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी र प्रहरी वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया