काठमाडौं । बलिउड अभिनेता आर माधवन एक यस्तो कलाकार हुन् जसको फ्यान फलोइङ दक्षिण र हिन्दी दुवै बेल्टमा ठूलो छ। उनले हरेक वर्ष जुन १ मा आफ्नो जन्मदिन मनाउने गर्छन् । ठूला पर्दाका अलावा उनी टिभी सिरियलमा पनि देखिएका छन् ।
झारखण्डमा जन्मेका माधवन सुरुदेखि नै अभिनय क्षेत्रमा आउन चाहन्थे । मुम्बईको केसी कलेजबाट स्नातकोत्तर गरेपछि उनले आफ्नो सम्पूर्ण ध्यान अभिनयमा केन्द्रित गर्न थाले।
‘रेहना है तेरे दिल मे’ बाट बलिउडमा आफ्नो पहिचान बनाएका माधवनले आफ्नो फिल्मी करियरमा अहिलेसम्म धेरै यादगार फिल्म दिएका छन् । उनको जन्मदिनको अवसरमा उनीसँग सम्बन्धित केही रोचक कुराहरु हामी तपाईलाई बताउन गइरहेका छौँ ।
आर माघवन सन् २००१ मा हिन्दी फिल्म ‘रेहना के तेरे दिल मे’ बाट निकै लोकप्रिय बनेका थिए । यही फिल्मका कारण उनको छवि चकलेट ब्वाई बनेको थियो । साउथ र हिन्दी फिल्ममा धेरै वेब सिरिजमा देखा परेका माधवन करिब १०३ करोडको सम्पत्तिका मालिक हुन् ।
मिडिया रिपोर्टका अनुसार उनको कमाईको अधिकांश हिस्सा फिल्म र विज्ञापनबाट आउँछ । उनले एउटा फिल्मको ६ देखि ७ करोड भारु लिने गर्छन् । यसबाहेक उनले फिल्मबाट हुने आम्दानीबाट पनि आफ्नो नाफा लिने गर्छन् ।
करोडौं मुल्य पर्ने घर :
माघवनका भारतभरमा धेरै घर छन्। यी आलिशान घरको मूल्य करोडौं रहेका छन् । रिपोर्टका अनुसार उनको चेन्नईमा रहेको घरको मूल्य करिब १८ करोड भारु रहेको छ । यसबाहेक उनीसँग मुम्बईमा एउटा लक्जरी अपार्टमेन्ट पनि छ । अभिनेताले मुम्बईको यो घरलाई आधुनिक लुक दिने प्रयास गरेका छन् ।
लक्जरी कारहरू :
अभिनयसँगै माधवनलाई कारको पनि शौख रहेको छ । उनीसँग धेरै लक्जरी कार छन् । उनीसँग बीएमडब्ल्यू, अडी, रेन्ज रोभर जस्ता कार छन् । कारबाहेक उनी बाइक प्रेमी पनि हुन् । उनीसँग बीएमडब्ल्यू के १५०० जीएलटी बाइक छ जसको मूल्य २४ लाख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया