एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको आईपीओ जेठ १९ देखि बिक्री खुला हुने

लोकपथ
315
Shares

काठमाडौं । एनआईसी एसिया फ्लेक्सी क्याप फण्डले जेठ १९ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला हुने भएको छ ।

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाईमध्ये बीज पूँजी वापत न्यूनतम एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाई यही जेठ, १९ गते देखि मिति २०७९ जेठ, २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो सेयर” सफ् टवेयर मार्फत आवेदन दिनुपर्नेछ ।

एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको प्रक्षेपित प्रतिफल दर तथा प्रति इकाई खूद सम्पत्ति विवरण निम्नअनुसार रहेको छ । उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

हाल क्यापिटलले एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जसअन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु एनआईसी एसिया ग्रोथ फण्ड, एनआईसी एसिया ब्यालेन्सड् फण्ड र एनआईसी एसिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) तथा एउटा खुलामुखी योजना एनआईसी एसिया डाईनामिक डेप्ट फण्ड संचालन गरिरहेको छ । एनआईसी एसिया ग्रोथ फण्ड तथा एनआईसी एसिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?