काठमाडौं । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले BOK प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । हाल बैंकिङ क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदरभन्दा बढि ब्याजदरको व्यवस्थासहित अन्य धैरे नि:शूल्क सुविधाहरु रहेको यस बचत खाता खोली ग्राहक महानुभावहरुले उच्चतम् लाभ लिन सक्ने बैंकले जनाएको छ ।
“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३%को उच्चतम ब्याजदर पाउनेछन् । साथै, १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको व्यवस्था रहेको छ ।
ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS, खाताको विवरण, मेरो सेयर Connect IPS,डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।
यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
वार्षिक ८.०३% ब्याजदरको व्यवस्था ।
न्यूनतम् मौज्दात रु १०,०००।
त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
निशुल्क चेक बुकको ब्यवस्था ।
Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने व्यवस्था ।
विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यकE-Commerce Activation सेवा निशुल्क प्रदान गरिने ।
ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुविधा ।
पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको सुविधा ।
पहिलो वर्ष निःशुल्क Connect IPS सुविधा ।
साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया