जापानसँग नेपाल १-० ले पराजित

काठमाडौं । इन्डोनेसियामा जारी खेलमा नेपाली यु–२३ फुटबल टोलीले पहिलो खेलमा जापानसँग १–० गोल अन्तरले पराजित भएको छ ।

एसियाड अन्तर्गत पुरुष फुटबलमा मंगलवार जापानसँग नेपाल पराजित भएको हो । पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालल एसियाकै बलियो मानिएको टिम जापानसँग झिनो अन्तरले पराजय भएको हो ।

जापानका मिटोमा काउरुले सातौँ मिनेटमा गरेको गोल नै जापानका लागि निर्णायक गोल बन्न पुग्यो । नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । जापानी टिमले नेपाली टिमको पोस्टमा दर्जनौं आक्रमण गरेपनि नेपाली खेलाडीले रोकेका थिए ।

यसअघि जापानसँग नेपालले १४ गोल खाएको थियो । यसपटक भने राम्रो खेलेको भन्दै नेपाली टिमको तारिफ गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?