एजेन्सी: इटलीको उत्तर पश्चिममा रहेको जेनोवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
आँधीबेहरी आएको बेला पुल भत्केको थियो । मोरान्डी पुलको २०० मिटर खण्ड एक्कासी भत्किएर खसेको हो। सो समयमा ३० देखि ३५ सवारी साधान सो पुलमा थिए।
घटनामा गम्भीर घाइते भएका पाँच जनाको उपचार अस्पतालमा भइरहेको बीबीसीले जनाएको छ ।
धेरै मानिसहरू कुच्चिएका गाडीभित्रै छन्। चार जनालार्इ जीवितै उद्धार गरिएको छ। एक जना बालक पनि यसमा रहेका छन्।
फसेका मानिसहरूलाई बाहिर निकाल्नका लागि रातभरि राहत र उद्धार कार्य जारी रहेको छ ।
स्थानीय सयअनुसार बिहान झन्डै साढे ११ बजे पुल भत्किएको थियो। शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो।
इटलीका गृहमन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन्।
फ्रान्सले कुनै पनि खाले सहयोग गर्न आफु तयार रहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया