कास्की : पोखरास्थित लेकसार्इट नजिकै फेवाताल किनारमा रहेको रत्न मन्दिरलार्इ संग्रहालय बनाउन प्रदेश सरकारले तयारी थालेको छ ।
पर्यटकीय गन्तव्य पोखरालार्इ थप अाकर्षक बनाउन यो एेतिहासिक दरबारलार्इ संग्रहालय बनाउन लागिएको प्रदेशका अधिकारीहरूले बताएका छन्।
तत्कालीन राजपरिवारका सदस्यहरूले पोखरा घुम्न अाउँदा यो दरबारलार्इ प्रयोग गर्ने गरेका थिए । राजपरिवारले प्रयोग गरेका संरचनाहरूलार्इ नै थप व्यवस्थित गरि पर्यटकका लागि खुला गर्ने प्रदेश सरकारको योजना छ ।
वि.सं. २०१५ सालमा तत्कालिन राजा महेन्द्रले अाफ्नी रानी रत्न राज्यलक्ष्मीको नाममा रत्न मन्दिर बनाएका थिए । तर, १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार राजतन्त्र अन्त्यसँगै प्रयोबिहिन बनेको छ । हाल दरबारको स्वामित्व नेपाल ट्रष्टको कार्यालयसँग छ ।
यसअघि यो दरबारलार्इ होटल बनाउने भन्दै ट्रष्टको कार्यालयले प्रकृया अघि बढाएपछि स्थानीयले बिरोध गरेका थिए । त्यसपछि ट्रष्टको कार्यालयले यो दरबारलार्इ संग्रहालय बनाएर सार्वजनिक प्रयोगमा ल्याउने योजना सार्वजनिक गरेको छ । यो दरबारलार्इ ताल संग्रहालय र जैविक विविधता अध्ययन केन्द्र बनाउने प्रदेश सरकारले दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया