उदयपुरमा जंगली हात्तीले अाक्रमण गर्दा १ जनाको मृत्यु

उदयपुर : जंगली हात्तीले अाक्रमण गर्दा उदयपुरको बेलका नगरपालिका-३ खैरनी टप्पुका ३५ बर्षीय रामबहादुर सार्कीको ज्यान गएको छ । 

घरमा सुतिरहेका बेला मंगलबार राती ३ वटा जंगली हात्तीले सार्कीलार्इ अाक्रमण गरि घर भत्कार्इदिएको छ । 

सार्कीको शव घरभन्दा ५० मिटर पर भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । उनको छाती र टाउकोमा हात्तीले टेकेर मारेकोमा परिवारका अन्य सदस्यले भने भागेर ज्यान बचाउन सफल भएको प्रहरीको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?