कतारको रंगशाला निर्माणमा खटिएका नेपाली मजुदरको मृत्यु

काठमाडाैं : कतारको राजधानी दोहास्थित रंगशाला निर्माणमा खटिएका एक नेपाली युवाको मृत्यु भएको छ । 

सन २०२२ मा अायोजना हुने विश्वकप फुटबलको एक खेल हुने वक्राह रंगशाला निर्माण खटिएका अन्दाजी २३ बर्षीय युवाको निधन भएको समाचार गल्फ टार्इम्समा प्रकाशित भएको छ । 

श्रमिक युवाको मृत्युबारे नेपाली सरकारी अधिकारीहरूमार्फत परिवारलार्इ जानकारी दिर्इएको र अनुसन्धान समेत शुरू भएको सो समाचारमा उल्लेख छ । 

कतारको रंगशाला निर्माणमा हालसम्म सैयाैँ नेपाली युवाको मृत्यु भर्इसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?