श्रीलंका । श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट श्रृङखला जितेको छ ।
एकदिवसीय श्रृङखला ३-२ ले गुमाएको श्रीलंकाले टी-२० मा दक्षिण अफ्रिकालाई ३ विकेटको पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका १६ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको सामान्य योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । रेजा हेन्ड्रिकले १९, हेनिरिक कलासेन १८, डेभिड मिलरले १४ तथा जुनियर डालाले १२ रन जोडेका थिए । अफ्रिकाका हासिम आमला, एन्डले फेलिकाओ, कागिसो रावाडा र तबरेज सम्सीले खाता नै खोल्न सकेनन् ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्सन सन्दकनले १९ रन खर्चिएर ३ विकेट लिए । अकिला धनञ्जय र धनञ्जय डी सिल्भाले समान दुई-दुई बिकेट लिए । ९९ रनको झिनो लक्ष्य श्रीलंकाले १६ ओभरमा मात्र ७ विकेट गुमाउँदै पुरा गर्यो ।
श्रीलंकाका लागि वेस्टइन्डीजविरुद्धको दोस्रो टेस्टमा बल टेम्परिङ गरेको अभियोगमा प्रतिबन्धमा परेका दिनेश चण्डिमलले उत्कृष्ट पारी खेले । प्रतिबन्ध पछि पहिलो टी-२० खेलका विकेटकिपर ब्याट्सम्यान चण्डीमलले नटआउट ३६ रन जोडेका थिए । धनञ्जय डी सिल्भाले ३१ रन जोडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया