काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्माछिरिङ शेर्पाले आसन्न १८ औं ‘एशिया’मा नेपाली टिमले राम्रो प्रदर्शन गरेमा पुरस्कारको घोषणा गरेका छन् ।
‘एशियाड’मा सहभागि नेपाली यू–२३ टिमले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा प्रत्येक खेलाडीलाई संघले पुरस्कार दिने घोषणा गरेको हो ।
जस अनुशार जापानसँग ३–० भन्दा कम अन्तरमा हार ब्यहोरेमा एक सय अमेरिकी डलर पाउनेछन् । जापानसँग १–० ले पराजित भएको नेपाली टिम त्यसको हकदार बनिसकेको छ ।त्यस्तै अर्को खेलमा भियतनामलाई हराएमा थप १५० हलर हात पार्नेछन् भने पाकिस्तानलाई हराएमा थप एक सय डलर पुरस्कार राशि थपिनेछ ।
नेपाली खेलाडीको मनोवल हौसला वृद्धी गर्ने उदेश्यले पुरस्कार राशी घोषणा गरिएको अध्यक्ष शेर्पा बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया