बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

लोकपथ
147
Shares

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरि र ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो कम्पनीको आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ।

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?