काठमाडौं । यस साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार राताम्य बनेको छ । शुक्रबार सेयर बजार २ हजार बिन्दुमा ओर्लिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार मापक नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २०७८ दशमलव ७० बिन्दुमा झरेको छ । आज नेप्से परिसूचक १ दशमलव ६० प्रतिशतले घटेको हो ।
शुक्रबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७ दशमलव १८ अंकले घटेर ४०३ दशमलव ४८ बिन्दुमा झरेको छ ।
आज २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको कारोबार भएको छ ।
यस दिन १३ वटै सूचक राताम्य बनेको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य गतेको छ । ४ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया