एनएमबी बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

लोकपथ
28
Shares

काठमाडाैं । एनएमबी बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता भएको छ । एनएमबी बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्ररकेन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । सम्झौताअनुसार बैंकले उल्लिखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ ।

यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने छ ।

एनएमबीले दिगो बैंकिङमार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको छ ।

बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको छ ।

बैंकले अन्तर्राष्ट्रिय मान्यताप्राप्त हरित कर्जा लगानी सिद्धान्तको आधारमा आफ्नो हरित लगानी कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत समेटेर तयार पारेको छ ।

‘एनएमबी नवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो । यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ ।

यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मूल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्द्धनको लागि प्रोत्साहित गर्नुको साथै यो सम्झौतापश्चात् बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस्त छौँ ।’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा समेत कार्य गर्दै आइरहेकोे छ ।

बैंकले देशैभरि रहेका २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरहरुमार्फत बंैकिङ सेवा प्रदान गदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?