दोस्रो मिष्टर एभरेष्ट शारिरीक सुगठन च्याम्पियनसिप हुने

काठमाडौं । आगामी शनिवार दोस्रो मिष्टर एभरेष्ट राष्ट्रिय स्तरको शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । 

नेप्लिज फेडेरेशन अफ बडि विल्डिङ एण्ड फिटनेशको आयोजनामा हुने प्रतियोगितामा नेपाल भरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

शुक्रवार प्रि-जजिङ राउण्ड सञ्चालन हुने र शनिवार फाइनल चरणको खेल हुनेछ । प्रतियोगिताको सबै खेल राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा मेन्स बडि विल्डिङ र मेन्स फिजिक्स  तथा वुमेन्स फिटनेसमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मेन्स बडि विल्डिङ अन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी भन्दा माथीको तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

मेन्स फिजिक्सतर्फ १ सय ७० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । यता, महिला फिटनेशतर्फ १ सय ६० सेन्टिमिटर हाइट र त्यो भन्दामाथी हाइट भएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ओभर अल विजेताले नगद तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न समुहका विजेतालाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी दिए ।  

प्रतियोगिता मार्फत पहिलो पटक नेपालमा आयोजना हुन लागेको मेन्स फिजिक्स र वुमेन्स फिटनेस इभेन्टसका विजेता खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ । 

अनुमानित ३० लाख रुपैयाँ खर्च हुने यो प्रतियोगितामा सहभागी हुन काठमाण्डौ बाहिरबाट आउने खेलाडीलाई दैनिकभत्ताको पनि ब्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा विजेता हुने खेलाडीले स्पेनमा हुने वल्र्ड च्याम्पियनसीपमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?