सिटिजन्स बैंक र फोकस वानबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन गर्न सम्झौता

लोकपथ
28
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवाप्रदायक, फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर माध्यमबाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको छ ।

उक्त सेवा संचालनमा आएसंगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिङ्कगरि सोही कार्डहरुबाट खर्च हुने गरी विभिन्न सेवाहरु जस्तै मोबाइल टप अप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।

यसैगरी बैंकका ग्राहकहरुले मोको वालेटमार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमबाट भुक्तानी समेत गर्न सक्नेछन । सिटिजन्स बैंक लगायतका विभिन्न बैंकहरुद्वारा प्रवर्धित नेपाल पेमेन्ट सोलुसन्स (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यो सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बंैकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?