काबुल- अफगानिस्तानको काबुल नजिककाे एक शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या ४८ जना पुगेको छ भने ३६ जना घाइते भएका छन् ।
“पैदल हिँडेर आएका आत्मघाती बम हमलाकारीले विस्फोट गराएको पुष्टी भएको छ । शैक्षिक संस्थाको भित्र छिरेर उनी आफैंलाई उडाएका थिए,” प्रहरी प्रवक्ता हसमत स्टानीक्जाईले बताएका छन् ।
आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । तालिबानले आफूले आक्रमण नगरेको जनाएको छ ।
हालैका दिनहरुमा अफगानिस्तानमा भिषण हिंसात्मक घटनाहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया