एजेन्सी : भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको स्वास्थ्य स्थिति खराबी भएको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले जनाएको छ ।
एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ –भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको स्वास्थ्यस्थिति बिग्रिदै गइरहेको जनाइएको छ ।
गत २४ घन्टामा वाजपेयीको स्वास्थ्यस्थिति बिग्रदै गएको अस्पतालले जनाएको हो । उनलाई जीवन रक्षक प्रणालीमा अस्पतालमा राखिएको छ ।
बुधवार अबेर प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पताल पुगरे पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्यस्थिति बारे जानकारी लिएका थिए ।
९३ वर्षीय वाजपेयी ९ हप्तादेखि एम्समा भर्ना भइआएका छन् ।
भाजपाका संस्थापक मध्येका एक वाजपेयी तीन पटक प्रधानमन्त्री बनेका थिए ।
भारतका सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित वाजपेयी ९ पटक संसद सदस्य चुनिएका थिए । तेह्रौं लोकसभासम्म उनी सांसद थिए ।
सन् १९८४ ग्वालियरका कांग्रेसी नेता माधवराज सिंधियाद्वारा पराजित भएका वाजपेयी १९८६मा राज्यसभा सदस्य बने भने १९९६मा पहिलो पटक भारतका प्रधानमन्त्री बने ।
सदनमा बहुमत प्राप्त गर्न नसकेपछि १९९६मा राजीनामा दिए ।
१९९८मा सहयोगी दलको सहयोग पाएर बहुमत साबित गरी प्रधानमन्त्री बने । सन् १९९९मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको साझा घोषणापत्रमा चुनाव लडेर वाजपेयी प्रधानमन्त्री बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया