‘एशियाड’: नेपाल र भियतनाम आमने-सामने हुँदै

काठमाडौं । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत  पुरुष फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।  

विभाहा मुक्ति स्टेडियममा हुने यि दुई टिमबीचको खेल नेपाली  समयअनुसार आज साँझ ६ः३० बजेपछि शुरु हुनेछ । ‘एशियाड’मा नेपाल र भियतनाम पहिलो पटक आमने-सामने हुँदैछन् । 

सिनियर राष्ट्रिय टिममा भने नेपाल र भियतनाम दुई पटक भिडिसकेका छन्  । दुई पटकको भिडन्तमा नेपाल भियतनामसँग पराजित भएको छ । 

सन् २००३ को सेप्टेम्बरमा भएको ‘एएफसी एसिया कप’ अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।

पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० गोलले पराजित भएको नेपाल भियतनामविरुद्धको खेलमा जीत हात पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछन् । 

त्यस्तै, भियतनामले आफ्नो समूहको पहिलो खेलमा पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो । 

नेपालविरुद्ध जित या बराबरी निकाले भियतनाम एक खेल अगावै ‘एशियाड’ फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ । त्यस्तै, आजै जापानले पाकिस्तानको सामना गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?