इस्टोनिया । ‘युइएफए’ सुपर कप फुटबल अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ ।
बुधवारराति सम्पन्न भएको खेलमा रियल म्याड्रिड एथ्लेटिको म्याड्रिडसँग ४-२ गोल अन्तरले पराजित गरेको हो ।
खेल शुरु भएको १ मिनेट पनि बित्न नपाउँदै डिएगो कोस्टाले पहिलो गोल गर्दै एथ्लेटिको म्याड्रिडलाई शुरुवाती अग्रता दिलाए । कोस्टाले गोल गरेपछि आक्रामक खेल खेलको रियलका लागि २७ औं मिनेटमा करीम बेन्जामाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म बराबरी रोकिएको रियलका लागि सर्जियो रामोसले ६३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्याए ।
त्यस्तै, कोस्टाले ७९ औं मिनेटमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउन सफल भए । निर्धारित समयसम्म दुवै क्लब बराबरीमा रोकिएपछि खेलमा ३० मिनेटको समय थपिएको थियो । थपिएको समयमा एथ्लेटिकोले २ गोल गरेको थियो ।
एथ्लेटिको म्याड्रिडका लागि साउल निगुरेज र कोकेले १-१ गोल गरे ।
क्रिस्टियानो रोनाल्डोको प्रस्थानसँगै आक्रमणमा केहि कमी भएपनि रियल म्याड्रिडले ग्यारेथ बेल, करीम बेन्जामा र इस्को लगायतका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया