काठमाडौं । दाहोबाट उडान शुरु गरेको नेपाल वायुसेवाको नयाँ एयरबस ३२० ‘अन्नपूर्ण’ले आजबाट भारतको बैंगलोरमा पनि उडान थालेको छ ।
निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापान, कोरिया र साउदीको रियादमा पनि उडाउने प्रक्रिया तीव्र पारेको छ । तीन वटै गन्तब्यमा निगमले सीधा उडान थाल्न लागेको हो ।
निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ ।
नेपाल वायुसेवाको सहप्रवक्ता शैलेश कंशाकारका अनुसार निगमले कोरियामा ग्लोलब सेल्स एजेन्ट नियक्ति गरिसेकेको छ । जापनमा पनि त्यसका लागि प्रक्रिया अघि बढेको उनले बताए । यस्ता एजेन्टले टिकेटिङ र मार्केटिङको जिम्मा लिन्छन् ।
वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ ।
निगमको एयरबस अन्नपूर्णले सेवा दिइरहँदा मकालु एयरबसले भने अझै सरकारबाट एओसी पाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया