काठमाडौं । भुटानमा जारी यू—१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल सकिएको छ ।
चाम्लिङथाङ रंगशालामा भइरहेको खेलमा नेपालले भारतलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रतिस्पर्धात्मक खेलको ३१ औं मिनेटमा भारतका लागि लेन्डा कोमले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् ।
कोमले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको नेपालका लागि ३७ औं मिनेटमा रजनी थोकरले गोल गर्दै खेललाई १—१ गोलको बराबरीमा ल्याइन् ।
यसअघि नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई पराजित गरेको थियो भने साबिक विजेता बंगलादेशसँग हार बेहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया